सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

2021-05-10

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सरकारले गरेका काम र उठाएका मुद्दाका आधारमा अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरेका हुन्।

उनले भौगोलिक अण्खण्डता र राष्ट्रहितलाई सर्वेपरी राखेर काम गर्ने र राष्ट्रहितलाई माथि उठाउन कुनै पनि कसर बाँकी नराखेको बताए।

'तस्बिर आफैं बोल्छ भनेझैँ सरकारका अडान र दृष्टिकोण आफैंले बोलिरहेको छ,' उनले भने, 'राष्ट्रियताको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा देख्न थालिएको छ, सुन्नपर्ने देशको रुपमा विकास भएको छ। सरकारका कामहरु आफैं बोल्छ।'

प्रधानमन्त्री ओलीले राष्ट्रियताको विषयमा यति उपलब्धिपूर्ण रुपमा अघि बढेको सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण नै नभएको दाबी दोहोर्‍याए। उनले सुशासन र शान्ति सुव्यवस्था तथा राष्ट्रिय समस्याहरुको समाधान गर्न सरकार अग्रसर भएको बताए। सरकार प्रभावकारी र सशक्त रुपमा अघि बढेकाले विश्वास गर्न नपर्ने कुनै कारण नभएको उनको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ