थप ८८५० जनामा कोरोना संक्रमण, ५२ संक्रमितको मृत्यु

2021-05-09

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप ३६ गरी ८८ संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।​

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

यस्तै सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन्, जसमध्‍ये ३ हजार १६१ जना काठमाडौँका, ५३३ जना ललितपुरका र ५०४ जना भक्तपुरका छन् ।

यस्तै रुपन्देहीमा ५६२, कैलालीमा ४७६, कास्कीमा ३८३, मोरङमा ३३० र चितवनमा ३१० जना कोरोना संक्रमण थपिएका छन् ।

यस्तै सुर्खेतमा २३५, धनकुटामा १३०, झापामा ११७, काभ्रेपलाञ्‍चोकमा १२२, मकवानपुरमा ९० र महोत्तरीमा ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तनहुँमा ८३, सिन्धुपाल्चोकमा ७५, गोरखामा ७४, नुवाकोट र बाँकेमा ७३/७३ जना, बैतडीमा ७१, पर्सामा ६७, सुनसरीमा ६६, नवलपरासी पूर्वमा ५२, रौतहटमा ५०,डडेल्धुरामा ४५, अछाममा ४४, सिन्धुलीमा ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, सिरहामा ३३, दार्चुलामा २९, सप्तरीमा २८, बारामा २४, स्‍याङजामा २३, धादिङ, रोल्पा र कञ्‍चनपुरमा २१/२१ जना, रामेछाप र जुम्लामा १९/१९ जना, सर्लाही, लमजुङमा र बर्दियामा १२/१२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रूकुम पश्‍चिम र डोटीमा ९/९ जना, ओखलढुंगा र दोलखामा ८/८ जना, रसुवा र पर्वतमा ७/७ जना, उदयपुर र प्‍युठानमा ५/५ जना, म्याग्दी, कालिकोट र दैलेखमा ४/४ जना, इलाम, धनकुटा, सोलुखुम्बु, वागलुङ, जाजरकोट, सल्यान र बझाङमा ३/३ जना, भोजपुर, संखुवासभामा २/२ जना तथा खोटाङ र पाँचथरमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका २४३ बालबालिका तथा १० देखि १९ वर्ष उमेर समूहका ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ