पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन युवाहरुलाइ रोजगारी दिनुपर्छ : डा. खतिवडा

2017-10-18

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले नेपालमा रहेका पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन भएका युवाहरुलाइ रोजगारी दिनुपर्ने बताएका छन् ।
उनले नेपालमा वार्षिक २० लाख पर्यटक नेपालमा भित्र्याउन सके २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताए ।
रुपन्देही व्यापार संघको मुख्य आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेलाको मंगलबार आयोजित समापन समारोहलाई संबोधन गर्दै उपाध्यक्ष खतिवडाले हाल ४० लाख नेपाली कामका शिलशिलामा विदेशमा रहेकाले त्यो जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे ।

यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती जरुरी रहेको उनको भनाई छ ।
यी दुई विमानस्थलको काम छिटो सम्पन्न गर्न सके आफूले सोंचेको योजना पूरा हुने दावी गरे ।
समयमै विमानस्थलको काम सकिए वार्षिक १० लाख पर्यटक चाइनाबाट, ५ लाख भारतबाट र बाँकी ५ लाख तेस्रो मुलुकबाट भित्र्याउन सकिने र नेपाल आएका २० लाख पर्यटकबाट २० देखि २५ लाख नेपाली युवाले स्वदेशमै पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर पाउने उनले बताए ।
मुलुकको आर्थिक विकास र उन्नतीका लागि प्रविधिलाई उन्नत बनाउँदै उद्यमशीलताको विकास गर्नुपर्नेमा खतिवडाले जोड दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ