अस्पतालले बढी शुल्क लिए हामिलाई खबर गर्नुहोस् : स्वास्थ्य मन्त्रालय

2021-05-05

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुलक लिने गरेको भन्ने गुनासोहरु प्राप्त भइरहेको उल्लेख गर्दै त्यस्तो गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।

कोभिड संक्रमणपछि भर्ना हुने बिरामीलाई विशिष्ट सुविधा प्रदान गर्ने वहानामा केही निजी अस्पतालले एउटा बिरामीबाट प्रतिदिन ३० हजार रुपैयाँसम्म अशुल गर्ने गरेको भन्दै विरोध भइरहेको छ।

मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्न सचेत गराएको छ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ।’

कुनै अस्पतालले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खबर गर्न पनि सह–प्रवक्ता अधिकारीले जारी गरेको वक्तव्यमा आग्रह गरिएको छ।

यस प्रकारका गतिविधिमा मन्त्रालयले नियमित अनुगमन गरिरहेको तथा नियमानुसार कडाभन्दा कडा कारबाही समेत गरिने वक्तव्यमार्फत चेतावनी दिइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ