हरेक दिन नयाँ रेकर्ड : आज ८ हजार ६०५ जनामा संक्रमण, ५८ जनाको मृत्यु

2021-05-05

काठमाडौं - नेपालमा थप ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप थप ८ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ७५६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ८ हजार ६५९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

कोरोनाको हरेक दिन नयाँ रेकर्ड बन्ने क्रम जारी छ। आज थपिएका संक्रमितको संख्या र मृतक संख्या अहिले सम्मकै बढी हो र यो संख्या दिनानुदिन बढ्दै गैरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ