लुम्बिनीमा बहुमत सदस्य आफुसंग रहेको केसीको दाबी (हस्ताक्षरसहित )

2021-05-02

काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन्। उनलाई आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख यादवले पोखरेललाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्।

तर, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख यादवलाई बुझाएका छन्।

केसीले कांग्रेस, माओवादी केन्द्र, जसपा तथा स्वतन्त्र सांसद् समेतको हस्ताक्षर बुझाएका हुन्। उनले आज (आइतबार) मात्रै माओवादी केन्द्रतिर खुलेकी विमला वलीको समेत हस्ताक्षर बुझाएका छन्।

केसीले बहुमत सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्यमध्ये अहिले ८१ जना छन्। सो अनुसार बहुमतको लागि ४१ जना चाहिन्छ।

 

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ