लुम्बिनीमा कपिलवस्तुबाट निर्वाचित एमाले सांसदले दिए राजीनामा

2021-05-02

काठमाडाैं - लुम्बिनी नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् ।

आइतबार लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्दै पाण्डेयले सांसद पदबाट राजीनामा दिएका हुन्।

केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खेल अस्वस्थ हुँदै गएको भन्दै कपिलवस्तु निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित एमालेका प्रदेश सांसद दूगनारायण पाण्डेयले राजिनामा दिएको बताएका छन्। उनले भने ‘माथिदेखि तलसम्मको खेलले गर्दा जनतासम्म गरेको वाचा पूरा गर्न सकिएन। जनता हामीबाट निराश देखिए।’

राज्यको सेवा सुविधा लिएर काम गर्न नसक्ने अवस्था बनेकाले राजीनामा दिएको उनले प्रष्टाए। काम गर्न नसक्ने तर, सेवा सुविधा लिइराख्ने कार्यलाई जनताले नछोड्ने भएकाले नैतिक रूपमा राजीनामा दिएको उनले बताए।

दलका नेताहरूसँग धेरैपटक बोल्दा पनि आफ्नो कुराको सुनुवाइ नभएपछि राजीनामा दिएको पाण्डेयले सुनाए। ‘सुनवाइ कतैबाट देखिएन। सत्ता जोगाउने काममा मात्रै देखियो’, पाण्डेयले भने, ‘खेलमा अल्झिन हुँदैन भनेर नै राजीनामा दिएको हुँ।’

सभामुखले बोलाएकाले उनलाई भेट्न जान लागेको पाण्डेयले बताए। राजीनामा स्वीकृत भइ नसकेपनि फिर्ता लिने सम्भावना नरहेको उनले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ