एकैदिन थप ७ हजार १३७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

2021-05-02

काठमाडौं - नेपालमा थप ७ हजार १३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार थप ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १४७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार २११ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ।




थप समाचार


काठमाडौं उपत्यकामा ४ हजार १ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४ हजार १ सय संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १ सय जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०८९, भक्तपुरमा ३७४ ...

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटासहित तीन जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटासहित तीन जनाको उम्मेदवारी दर्ता

हेटौंडा - राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । यस अघि राष्ट्रियसभा सदस्य रहेका बादललाई ...

आज ९ हजार १९६ जना कोरोना संक्रमित थपिए, ५० जनाको मृत्यु

आज ९ हजार १९६ जना कोरोना संक्रमित थपिए, ५० जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ९ हजार १९६ जनामा ...




ट्रेन्डिङ