2021-05-01 |
काठमाडौं - किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् ।
पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ ।
सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान गरिएको थियो । त्यसपछि दुवै पक्ष पछि हटेका थिए । यद्यपि सो क्षेत्रमा पटक–पटक गोली चलेको आवाज सुनिन्थ्यो ।
किर्गिस्तानका स्वास्थ्यमन्त्री अजिला सोल्नबिकोवाले टेलिभिजन सम्बोधनको क्रममा गत विहीबार भएको झडपमा परी ३१ जनाको मृत्यु भएको र १५० जना घाइते भएको जानकारी दिएका हुन् । ताजिकिस्तानतर्फ भने कति जनाको मृत्यु भयो भन्ने विवरण आएको छैन ।
सामाजिक सन्जालहरुमा सेयर गरिएको भिडियोमा किर्गिस्तानको बाटकनस्थित विवादित सीमा क्षेत्रका धेरै घरहरु आगोमा जलिरहेको देखिन्छ । सो क्षेत्रमा एक सीमा चौकी, २० भन्दा धेरै घर, एक स्कुल, आठवटा पसल र क्यासिनो जलेको बीबीसीले जनाएको छ ।
काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...
एजेन्सी - अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सैन्य गठबन्धन बनाएका छन्। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनबीच ...
काठमाडौं - इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादी मारिएको दाबी गरेको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा भएको भिडन्तमा अतिवादी मारिएको सेनाले जानकारी ...