उपत्यकामा निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे कडा कारबाही

2021-04-30

काठमाडौं - निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाइ हुने भएको छ। निषेधाज्ञा जारी भएका जिल्लामा अन्य जिल्लाबाट आएका यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

बिहीबार पहिलो दिन भएकाले बाटोमै अड्किएका यातायातका साधन र यात्रुलाई केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइ गरिने गृह प्रवक्ता जनकराज दाहालले बताए।

अहिले देशका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ।

बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरीमा पूर्ण निषेधाज्ञा लगाइएको छ भने कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ।

काठमाडौं उपत्यकामा बिहीबारको आदेश उल्लंघन गर्ने दुई हजारभन्दा बढीलाई होल्ड गरेर चेतावनीका साथ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधन जाँच थर्न थालिएको बताउँदै महाशाखाले यो क्रम अब थप कडाइका साथ हुने बताएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ