१२ दिनयता ५ गुणाले थपिए संक्रमित, १०३ जनाको मृत्यु

2021-04-26

काठमाडौ - कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ। नयाँ भेरियन्टको फैलावटसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम दैनिकजसो बढ्दो छ।

गत चैत महिलाको दोस्रो सातासम्म दैनिक रुपमा कोरोना संक्रमण हुने दर दोहोरो अंकमै सीमित थियो। भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखा पर्न थाल्यो। चैत तेस्रो सातादेखि दैनिक पुष्टि हुने संक्रमितको संख्या १०० भन्दा उकालो लाग्यो।

नयाँ वर्ष (२०७८) शुरु हुँदा दैनिक ५ सय बढीको हाराहारीमा संक्रमितहरु थपिँदै गइरहेका थिए। पछिल्लो समय त संक्रमितहरु थपिने क्रम झन उच्च दरमा बढ्दै गएको छ।

वैशाख १ गतेसम्म देशभर जम्मा ४ हजार ५६ जना मात्रै सक्रिय संक्रमित थिए। तर, १२ दिनको अवधिमा सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणाले बढेको छ। वैशाख १२ गते (आइतबार) सार्वजनिक गरिएको तथ्याङ्कअनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसबीचमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ। आइतबार सार्वजनिक गरिको विवरणअनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ।

शनिबार सार्वजनिक गरिएको विवरणमा २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको जनाइएको थियो। तर, आइतबार भने उक्त संख्या बढेर २८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वैशाख १ गतेयता मात्रै कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको देखिन्छ। वैशाख १ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ६१ थियो भने वैशाख १२ गतेसम्म उक्त संख्या बढेर ३ हजार १ सय ६४ पुगेको छ।

पछिल्ला १२ दिनको दैनिक संक्रमण दर
वैशाख १
वैशाख १ गते देशभर ५८० जना कोरोना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८९ पीसीआर परीक्षण गर्दा ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। वैशाख १ गतेका तथ्याङ्क हेर्दा त्यतिबेला परीक्षण गरिएकामध्ये करिब १४ प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा २५४ जना संक्रमित भेटिएका थिए। काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै कोरोना संक्रमण भएर ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए । संक्रमणवाट ५ जनाको मृत्यु भएको थियो।

वैशाख २ गते
वैशाख २ गते ५३४ जनामा संक्रमण पुष्टि भएको थियो। ४ हजार १ सय ५२ जनामा गरिएको परिक्षणमा यो संख्यामा कोरोना पुष्टि भएको थियो। वैशाख २ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडिको २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।

वैशाख ३
वैशाख ३ गते ८ सय ३६ कोरोना संक्रमित थपिएका थिए। ६ हजार १ सय ५८ जनाको पीसीआर परीक्षणमा यो संख्या पुष्टि भएको थियो । सो दिन थपिएका संक्रमितमध्ये ३४८ जना उपत्यकाका थिए।
काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित थपिएका थिए। वैशाख ३ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडिको २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो।

वैशाख ४
वैशाख ४ गते देशभर ८४३ जना कोरोना संक्रमित थपिएका थिए। ६ हजार ४ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको थियो।

वैशाख ४ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर २ जनाको मृत्यु भएको थियो। यसैगरी संक्रमितमध्ये १०० जना सघन उपचार कक्ष र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। काठमाडौं उपत्यकामा ३५ जनाको सघन उपचार कक्ष र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

वैशाख ५
नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएयता पहिलो पटक वैशाख ५ गते हजारमाथि कोरोना संक्रमित थपिएका थिए। वैशाख ५ गते देशभर १ हजार ९६ जना संक्रमित थपिएका थिए। ५ हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन गर्दा सो संख्यामा संक्रमित थपिएका थिए।

वैशाख ५ गते थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना थिए। तीमध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र काठमाडौंका ३२६ जना रहेका थिए। वैशाख ५ गते देशभर ११६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत थिए। वैशाख ५ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा देशभर ८ जना संक्रमितको मृत्यु भएको थियो।

वैशाख ६
वैशाख ६ गते देशभर १ हजार २८१ जना संक्रमित थपिएका थिए। ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। वैशाख ६ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडिको २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको थियो।

वैशाख ७ गते
वैशाख ७ गते देशभर १ हजार ७३६ जना कोरोना संक्रमित थपिएका थिए। देशभरका प्रयोगशालामा ८ हजार ५५ नमूनाको आरटी-पीसीआर र ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। वैशाख ७ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो।

वैशाख ८
वैशाख ८ गते दैनिक थपिने संक्रमितको संख्या दुई हजार नाघेको थियो। वैशाख ८ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि ९ हजार ६४७ जनाको नमूना परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको थियो।

वैशाख ८ गते थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ५१ जना रहेका थिए। काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सो दिन दैनिक अपडेड सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो।

वैशाख ९
वैशाख ९ गते देशभर २ हजार ४२८ जना कोरोना संक्रमित थपिएका थिए। देशभर १० हजार १ नमूनाको पीसीआर, ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए।

सो दिन काठमाडौं उपत्यकाका भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका थिए। सो दिन दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वैशाख १०
वैशाख १० गते देशभर २ हजार ५५९ जना कोरोना संक्रमित थपिए। ८ हजार ७९८ नमूनाको पीसीआर र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। वैशाख १० गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।

वैशाख ११
वैशाख ११ गते देशभर २ हजार ६१९ जना कोरोना संक्रमित थपिएका थिए। देशभर ७ हजार ५२५ नमूनाको पीसीआर र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमितहरु थपिएका थिए।

वैशाख ११ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको थियो।

वैशाख १२
वैशाख १२ गते नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए। वैशाख १२ गते देशभर ३ हजार १२२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर ९ हजार २९२ नमूनाको पीसीआर र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

वैशाख १२ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर २८ जनाको मृत्यु भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ