काठमाडौंमा १५ गतेदेखि निषेधाज्ञाको तयारी, यातायात र आन्तरिक उडान बन्द हुने

2021-04-26

काठमाडौं - कोरोना संक्रमणको ग्राफ उकालो लागेसँगै जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो।

संक्रमण जोखिम बढेका जिल्लामा बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

पर्यटनमन्त्री भानुभक्त ढकालले आइतबारको सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति नियन्त्रणबाहिर जाने भएकाले सोहीअनुसार गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको बताए।

सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ।

सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यातायातका साधन बन्द हुनेछन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ।

यद्यपि, निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यही अनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ