भारतमा कोरोनाबाट लगालग एकै परिवारका ४ सदस्यको मृत्यु

2021-04-25

काठमाडौं - भारतमा कोरोनाबाट लगालग एकै परिवारका ४ सदस्यको मृत्यु भएको भारतीय संचार माध्यमहरुले बताएका छन्। भारतीय मिडिया दैनिक भास्करले बताए अनुसार उनीहरु महाराष्ट्र राज्यको पुणे राज्यका हुन्। मृत्यु हुनेमा आमा–बुवा र उनीहरुका दुई छोरा छन् । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ ।

ज्यान गुमाउनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरु श्यामसुन्दर र विजय छन् ।

उनीहरु एउटै घरमा बस्दै आएका थिए । तर बेड अभावमा उनीहरुको अलग–अलग अस्पतालमा उपचार भइरहेको थियो ।

डाक्टरहरुका अनुसार सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको थियो । त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृत्यु भएको थियो । त्यसपछि छोराहरु श्यामसुन्दर र विजयले पनि संसार छाडे । श्यामसुन्दरकी पत्नीको गम्भीर अवस्थामा उपचार जारी छ । उनको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरुको भनाइ छ ।

कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्रसित छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ ।

पुणे जिल्लाका अस्पतालहरुमा एक लाख १६ हजार कोरोना संक्रमितको उपचार भइरहेको समाचारमा उल्लेख छ । हालसम्म ११ हजार ७८० जनाको मृत्यु भइसकेको छ । जिल्लामा मृत्यु दर १.५४ प्रतिशत र संक्रमणबाट मुक्त हुने दर ८५.११ प्रतिशत रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ