नक्कली पीसीआर रिपोर्ट बनाउने सुरिया प्रयोगशाला निलम्बन

2021-04-22

काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।

एनपिएचएलले बुधबार प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरिएको पत्र सुरिया हेल्थकेयरलाई पठाएको छ।

फर्जि कोभिड–१९ रिपोर्ट जारी गरेको भन्दै सूरिया हेल्थकेयरमाथि महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको भन्दै एनपिएचएलले सो प्रयोगशालाई निलम्वन गरेको हो।

सुरिया हेल्थ केयरमाथिको अनुसन्धानको टुंङ्गो नलागेसम्मका लागि कोभिड लगायत अन्य प्रयोगशाला सम्बन्धी परीक्षणहरु गर्न एनपिएचएलले दिएको अनुमति निलम्बन गरिएको जनाइएको छ ।

एनपिएचएलले सुरिया हेल्थ केयरलाई पत्राचार गर्दै कोभिड लगायत अन्य कुनै पनि प्रकारको प्रयोगशाला परीक्षणहरु सञ्चालन नगर्न निर्देशन समेत दिएको छ।

सिनामंगलस्थित सुरिया ल्याबले कारोना भाइरस जाँच नै नगरी कोराना संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको पाइएपछि मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले ल्याबमा छापा मारेको थियो।

बधुवार सुरिया हेल्थकेयर प्रालिको पीसीआर परीक्षण रिपोर्ट लिएर विदेश जान लागेका १७२ यात्रुलाई विमानस्थलबाटसमेत फिर्ता पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त ल्याबमाथि छानबिन भइरहेकाले ल्याबको रिपोर्ट लिएर विदेश जान लागेकाहरूलाई फिर्ता पठाइएको बताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ