प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

2017-10-17

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनका क्रममा शनिबार झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

व्यवस्थापन चुस्त नहुँदा तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो। आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको अमेरिकाबाट आएका एक प्रतिनिधिले बताए।

‘कहिले कार्ड छैन भन्छन्। कहिलै नाम छैन भन्छन्। लाइनमा बसेको तीन घन्टा भइसक्यो। यो कस्तो व्यवस्थापन हो?’, अष्ट्रेलियाबाट आएका प्रतिनिधि हेमन्त काफ्लेले नागरिकन्युजसँग भने, ‘आइटीका ठूला गफ गर्ने नेतृत्वले यो अव्यवस्था सुधार गर्न जरुरी छ।’

अमेरिकाबाट सम्मेलनमा सहभागी हुन आएका शैलेस आचार्यले एनआरएनएले पहिला आफ्नो अव्यवस्था हटाउनुपर्ने जनाए। ‘यो गर्छु त्यो गर्छु भन्ने एनआरएन नेतृत्वले पहिला यो अव्यवस्था हटावस्’, उनले भने।

व्यवस्थापन चुस्त नहुँदा तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो। आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको अमेरिकाबाट आएका एक प्रतिनिधिले बताए।

एनआरएनए सचिवालयले कार्ड वितरणको जिम्मा एउटा कम्पनीलाई भाडामा दिएको थियो। प्रतिनिधिले पैसा तिरेर पनि आफ्नो कार्ड नपाएपछि सम्मेलन स्थलमा झडप भएको हो। बारम्बार झडप भएपछि प्रहरी परिचालन गरेर स्थिति नियन्त्रमा लिइएको थियो।

गत बिहीबारदेखि टेकुस्थित एनआरएनए सचिवालयबाटे प्रतिनिधि कार्ड वितरण गरिएका थियो। त्यहाँबाट एक तिहाई व्यक्तिले पनि कार्ड नपाएपछि सम्मेलनस्थल होटल हायतमै वितरण गरिने जानकारी दिइएको थियो। सोहीअनुसार शनिबार लाइनमा बसेका एनआरएनए प्रतिनिधिले तीन घन्टासम्म कार्ड नपाएपछि झडप हुन पुगेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ