कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

2021-04-20

काठमाडाैं - थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। नेदरल्यान्ड्सविरुद्धकै पहिलो खेलमा डेब्यु गरेका उनको यो लगातार तेस्रो अर्धशतक हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा डेब्युदेखि लगातार ३ खेलमा अर्धशतक प्रहार गरेका उनी मंगलबार ६२ रन बनाएर आउट भएका हुन् । ४६ बल खेलेका उनले ८ चौका र एक छक्का हानेका थिए ।

शनिबार भएको डेब्यु खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ६२ नै रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै सोमबार मलेसियाविरुद्धको खेलमा कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ