लुम्बिनीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

2021-04-19

काठमाडाैं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा कूलप्रसाद केसीलाई अगाडि सारिएको छ। उनी हाल लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।

विगत एक हप्तादेखि जसपाकी सांसद कल्पना पाण्डेले साथ नदिँदा अविश्वासको प्रस्ताव रोकिएको थियो। उनलाई फकाउन माओवादी, कांग्रेसलगायत दलका नेताहरुले एक हप्तादेखि मेहनत गरिरहेका थिए।

जसपाका ६ सांसदमध्ये पाँच सांसदले साथ दिए पनि पाण्डेले साथ नदिएपछि अविश्वासको प्रस्ताव अगाडि बढ्न सकेको थिएन। जसपाका छ सांसदमध्ये पाँच जना तत्कालीन समाजवादी पार्टी र पाण्डे राजपा पक्षका हुन्।

प्रदेशसभामा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ