स्पानिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जित्यो

2021-04-18

काठमाडौं - स्पानिस कोपा डेल रेको फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो ।

जितका लागि कप्तान मेसीले दुई गोल गरे भने एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो ।

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । ८६औं मिनेटमा ग्रीजमनले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन र बार्सिलोनाले ४-० विजयी भयो ।

बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ । २०१९-२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।




थप समाचार


आहा रारा गोल्डकप फुटबलको उपाधि संकटालाई

आहा रारा गोल्डकप फुटबलको उपाधि संकटालाई

पोखरा - आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन ...

थ्री नेसन्स कप : नेपाल र बंगलादेशबीचको खेल सुरु

थ्री नेसन्स कप : नेपाल र बंगलादेशबीचको खेल सुरु

काठमाडौं - थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु ...

फराकिलो अन्तरको जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

फराकिलो अन्तरको जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित ...




ट्रेन्डिङ