कुशल र आसिफको कीर्तिमानी ब्याटिंगसंगै नेपालले नेदरल्याण्ड्सलाई हरायो

2021-04-17

काठमाडाैं - कुशल भुर्तेल र आसिफ शेखकाे अर्धशतसँगै आयाेजक नेपालले थ्रि नेसन्स कप क्रिकेटमा विजयी सुरुवात गरेकाे छ।

शुक्रबार भएकाे खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेकाे हाे।

नेपालका लागि भुर्तेलले ४६ बलमा ५ चाैका र ५ छक्कासहित ६२ रनकाे याेगदान दिए। यस्तै, शेख ३८ बलमा ४ चाैका र ४ छक्कासहित ५४ रनमा अविजित रहे।

भुर्तेलले ३० बलमा अर्धशतक प्रहार गरेका थिए। नेपालबाट डेब्यू टि२० खेलमा कम बलमा अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। यता, आसिफकाे पनि याे डेब्यू खेल हाे।

नेपालबाट सन्दीप जोराले सन् २०१९ मा यूएईविरुद्ध डेब्यू गर्दै ४१ बलमा अर्धशतक पूरा गरेका थिए। यता, कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे।

नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए।

त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनायो।

नेदरल्यान्ड्सका लागि बास डे लीडेले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, इड्वार्ड शाहब ३२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए।

कप्तान पिटर सिलरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २२ रन जोडे। यता, एन्टोनिअस स्टल २० रनमा अविजित रहे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। त्यस्तै, सोमपाल कामी र शाहब आलमले एक/एक विकेट लिए।

कामीले ४ ओभरमा १३ र आलमले ४ ओभरमा ४५ खर्चिए। यता, करण केसीले ४ ओभरमा २२ रन खर्चे। अभिनाश बोहराले ४ ओभरमा २५ रन खर्चिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ