क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

2021-04-17

काठमाडौं - क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन सकिएको छ ।

शुक्रबारबाट सुरु पार्टीको चारदिने सम्मेलनपछि पद त्याग्ने राहुल क्यास्ट्रोले बताएका छन् । सम्मेलनलाई सम्बोधनको क्रममा ८९ वर्षीय राहुल क्यास्ट्रोले आफूले युवालाई नेतृत्व सुम्पिन लागेको बताएका छन् । ‘मैले पूरै लगन र साम्राज्यवादी भावना विपरीत युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दैछु,’ उनले भनेका छन् ।

सन् १९५९ को क्रान्तिपछि क्युबामा क्यास्ट्रो शासन सुरु भएको थियो । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो विरामी भएपछि उनका भाइ राउलले सन् २००६ बाट कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । त्यसको करिब तीन वर्षपछि उनी राष्ट्रपति बनेका थिए । फिडेलको सन् २०१६ मा निधन भएको थियो ।

राहुलले भावी राष्ट्रपति को हुने भनेर खुलाएका छैनन् । यद्यपि क्यास्ट्रोका विश्वासपात्र मिगल डयाजकनेललाई अघि सार्ने संकेत देखिएको समाचार एजेन्सी एपीले जनाएको छ । पार्टी महासचिवको जिम्मेवारी पनि उनैलाई दिने सम्भावना छ ।

क्युबन समाचार एजेन्सीले सार्वजनिक गरेको पार्टी बैठकमा राहुल क्यास्ट्रोको छेउमा मिगल डयाजकनेल देखिन्छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ