बालुवाटारमा सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?

2021-04-17

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल,प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्। त्यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी भएका छन्।

जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी भएका छन्। राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन्।

बैठकको सुरु गर्दै प्रधानमन्त्री ओली कोभिडको बढ्दो महामारी र सरकारको तर्फबाट चालिएका कदम लगायतका विषयमा छलफल हुने बताए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छैनन्। त्यस्तै, जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्।

प्रधानमन्त्री आफैंले विभिन्न दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका थिए।

खासगरी मुलुकमा देखापरेका विभिन्न समस्या तथा पछिल्लो समय बढेको कोरोना जोखिमलगायत विषयमा छलफल गर्ने उद्देश्यले शीर्ष नेतालाई बालुवाटार बाेलाएकाे बैठककाे सुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ