गण्डकी प्रदेशसभा : संसद्‍को विशेष अधिवेशन मागसहितको प्रस्ताव दर्ता हुँदै

2021-04-15

काठमाडाैं - गण्डकी प्रदेशको संसद् अकस्मात अन्त्य गरिएपछि विपक्षी दलले संसद्‍को विशेष बैठक बोलाउन मागसहितको प्रस्ताव दर्ता गर्ने भएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि संसद् बैठक बुधबार मध्यरात अन्त्य गरिएको थियो। अकस्मात संसद् बैठक अन्त्य गरिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतले विशेष अधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गर्न लागेका हुन्।

विशेष अधिवेशनको माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्न लागिएको कांग्रेस सांसद विन्दुकुमार थापाले जानकारी दिए। संसदको विशेष अधिवेशनका लागि एक चौथाइ सांसदले हस्ताक्षर गरी माग गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

बिहीबार मुख्यमन्त्री गुरुङको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ