नेपालमा पहिलो पटक भेटियो कोरोनाको 'डबल म्युटेन्ट भेरियन्ट'

2021-04-15

काठमाडौं - नेपालमा पनि कोरोना भाइरसको डबल म्युटेन्ट भाइरस फेला परेको छ। ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए।

उनका अनुसार जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुनामध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो। '५९ वर्षका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो,' डा पौडेलले भने, 'उहाँको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेको छ।'

भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ। नेपालमा भने यो पहिलो पटक हो। नेपालमा देखिएको भाइरस भारतबाट आएको हो वा नेपालमा नै म्युटेन्ट भएको हो भन्ने विषयमा थप अध्ययन भइरहेको छ।

डबल म्युटेन्ट भेरिएन्ट भनेको कोरोनाको एकै भाइरसको स्वरुप दुई प्रकारमा देखिनु हो।

डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस के हो ? र यसले शरीरमा कस्तो असर गर्छ?

यही जिज्ञासा हामीले सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई राखेका छौं। यो विषयमा उनले दिएको जवाफ उनकै शब्दमाः

सर्भिलेन्सको पाटोमा प्रत्येक राष्ट्रहरुले कोरोनाको होल जीन स्वीक्वेन्सिङ गरिरहेका हुन्छन्। भाइरसको स्वरुपमा कुनै परिवर्तन आयो आएन, उसको कुनै भागमा के कस्तो परिवर्तन आयो भन्ने कुराहरुको अध्ययन हुन्छ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भाइरस पनि जीन स्वीक्वेन्सिङबाट पत्ता लागेको हो। यसले संक्रामक तथा सिकिस्त बनाउन सक्ने भन्ने कुरा पनि पत्ता लागेको थियो। ब्राजिल र युकेमा पनि होल जीन स्वीक्वेन्सिङबाट नै नयाँ भेरियन्ट पत्ता लागेको हो। भारतमा पनि होल जीन स्वीक्वेन्सिङको काम भइरहेको थियो। भारतमा देखिएको भाइरस कुन भेरियन्टको हो भनेर पत्ता लगाउन भारतले होल जीन स्वीक्वेन्सिङ गरेको थियो।

हाल उनीहरुले अध्ययन गरेको हुन सक्छ। अध्ययनका क्रममा उनीहरुले दुई वटा म्युटेशन भएको भाइरस भेटेका हुन्। डबल म्युटेशन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन भएको हो।

भाइरसहरुको स्वीक्वेन्स अर्थात् नम्बर हुन्छ। अहिले भेटिएका भाइरसमा ई४८४क्यू र एल४५२आर छ। अर्थात् दुई ठाउँमा नम्बर परिवर्तन भयो। यसलाई सामान्यतया भाइरसको परिवर्तित स्वरुप, जुन दुई ठाउँमा देखियो भन्न मिल्छ।

यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ। यो भनेको कोरोना भाइरसको परिवर्तित स्वरुप भनेर नै बुझ्न सकिन्छ। परिवर्तित रुप भएका कारण यसबारेमा अझै अध्ययन हुन भने बाँकी नै छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ