रंगमंचका पचास भन्दा बढी कलाकार अभिनित 'Errors of God' सार्वजनिक

2021-04-15

काठमाडौँ - रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज 'ईओजी (Errors of God)' को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।

बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना 'सरिता' को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको यस सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।




थप समाचार


बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

काठमाडौँ - बिन्ध्यवासिनी म्यूजिक प्रालिले २०७७ का लागि अवार्ड पाउने बिजेताहरुको घोषणा गरेको छ। काठमाडौस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै बिजेताहरुलाई सम्मान ...

चलचित्र ‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिति

चलचित्र ‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिति

काठमाडाैं - कोरोना महामारीको चपेटामा परेको फिल्म ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तोकेको छ। झरना थापाको निर्देशनमा बनेको फिल्मले २०७८ साल भदौ १८ ...

यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ ...




ट्रेन्डिङ