कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : कोइराला

2021-04-12

कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मा कांग्रेसको काँधमा आएको बताए।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए।

अहिलेको गतिरोध अन्त्य गर्न कांग्रेस नेतृत्वमा सरकार बनाई निर्वाचनमा जानु उत्तम विकल्प हुने उनको भनाइ थियो।

सरकारले बिजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख निरीह अवस्थामा रहेको बताउँदै उनले भने, ‘संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्त्वपूर्ण रहेको छ।’

कांग्रेसका लागि अहिले सरकारभन्दा पनि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्त्वपूर्ण र प्राथमिकतामा रहेको उनको भनाइ थियो। सभापतिबाहेक अन्य पदमा उम्मेदबार नबन्ने समेत उनले स्पष्ट पारे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ