सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु, एक गम्भीर

2021-04-12

काठमाडाैं - काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सुकुटेमा बसले ठक्कर दिएको हो।

दुर्घटनामा परी त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा खाडीचौरमा निधन भएको हो। उनीसँगै रहेका सोमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ।

उनीहरुको साथमा रहेको सानो बच्चासमेत घाइते भएकाले उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानमा बसको गल्ती देखिएको प्रहरीले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ