ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार बढीको ज्यान गयो

2021-04-07

एजेन्सी - ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनासँग सम्बन्धित समस्याबाट मर्नेको संख्या ४ हजार नाघेको छ । यहाँ महामारी सुरु भएयता २४ घण्टाभित्रै यति ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।

अस्पतालबाट बिरामीले भरिएका छन् । केही शहरमा उपचारको प्रतिक्षा गर्दागर्दै मानिसहरुको मृत्यु भएको छ ।

धेरै क्षेत्रमा स्वास्थ प्रणाली विध्वंशको बाटोमा पुगिसकेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल नै हो ।

यद्यपि, महामारी नियन्त्रणका लागि लकडाउन गर्न राष्ट्रपति जैर बोल्सेनारोले अस्वीकार गरेका छन् । भाइरसको असरभन्दा अर्थतन्त्रको क्षति पुग्‍नु थप खराब हुनसक्ने उनको तर्क छ । स्थानीय सरकार र अदालतहरूले लागू गरेका कडाईका केही मापदण्डलाई समेत खुकुलो बनाउने प्रयत्न उनले गरिरहेका छन् ।

मंगलबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै बोल्सेनारोले क्वारेन्टाइन मापदण्डको आलोचना गरेका थिए । क्‍वारेन्टाइनले थकान र डिप्रेसन बढाउने तथा बेरोजगारीतर्फ धकेल्ने उनको तर्क थियो । यद्यपी २४ घण्टाभित्र ४ हजारले ज्यान गुमाएको विषयमा उनले केही बोलेनन् ।

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ३० लाख नाघिसकेको छ । स्वास्थ मन्त्रालयका अनुसार मार्च महिनामा यहाँ ६६ हजार ५ सय ७० जनाले ज्यान गुमाए । फेब्रुअरीको तुलनामा यो मृत्युदर दोब्बरभन्दा पनि बढी हो । फियोक्रुज हेल्थ इन्स्टिच्युटका अनुसार धेरैजसो राज्यमा कोभिड १९ का बिरामीले ९० प्रतिशतभन्दा धेरै आईसीयु बेड प्रयोग गरिरहेका छन् ।

ब्राजिल भेरिएन्ट के हो ?
पछिल्लो समय कोरोनाका धेरै स्वरुपहरु देखिएका छन् । फियाक्रुज इन्स्टिच्युटले ब्राजिलमा ९२ वटा विभिन्न स्वरूपका कोरोना भाइरस देखिएको जनाएको छ । यसमध्येको एक पी. १ वा ब्राजिली भेरिएन्ट हो ।

कोभिड १९ को ओरिजिनल स्ट्रेनभन्दा पनि यो भाइरस धेरै प्राणघातक हुनसक्ने अनुमान गरिएको छ । नोभेम्बर २०२० मा अमेजोनास राज्यबाट यो स्वरुप फैलिएको अनुमान गरिएको छ । लगत्तै या भाइरस अमेजोनास राज्यको राजधानी मानासमा फैलिएको थियो, जहाँ जनवरी २०२१ सम्म कुल संक्रमितमध्येका ७३ प्रतिशतमा यो भेरिएन्ट भेटिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ