बादलसहित चारजनालाई माओवादीबाट हटाइएको पत्र संसदमा, के हुन्छ मन्त्री पद ?

2021-04-06

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)बाट संघीय मन्त्रिपरिषद्‍मा रहेका चारजना मन्त्रीलाई दलबाट हटाइएको छ। ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई दलबाट हटाएको पत्र संसद् सचिवालयमा दर्ता गरिएको छ।

राष्ट्रियसभाका सांसद् रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि दलबाट हटाइएको पत्र संसद् सचिवालयमा छुट्टै दर्ता भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

एमालेको राजनीतिमा संलग्‍न भएको, उक्त दलको केन्द्रीय सदस्य स्वीकार गरेको, मन्त्रिपरिषद्‍बाट फिर्ता आउन भनी पार्टीले दिएको निर्देशन पालना नगरेको लगायतका कारण देखाई साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको पत्रमा उल्लेख छ।

पार्टीले निष्कासन गरेपछि उनीहरुको सांसद पद गुम्‍नेछ। सांसद पद गुमे पनि छ महिनासम्म मन्त्री पदमा रहन पाउने व्यवस्था छ।

खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा सांसद् नभए पनि वर्तमान सरकारमा छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ