संसदको अंकगणित बदलिए ताजा जनादेशमा जानुपर्छ : प्रधानमन्त्री

2021-04-03

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा आफू ‘अल्पमत’मा रहेको संकेत गरेका छन्। देशको आवश्यकता अनुसार अंक गणित नभएको भन्दै घुमाउरो रुपमा ‘अल्पमत’ स्वीकार गरेका हुन्।

‘संसद् यस्तै हो, कहिले देशको आवश्यकता र संसद्को अंक गणित फरक पर्न सक्छ। कतिपयले कृत्रिम रुपमा संसदीय अंक गणितलाई यताबाट उता सार्छन् र मिलाइदिन्छन्,' शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, 'त्यसैले संसदीय अंक गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्दैन।’

उनले संसद्‍मा अनुपयुक्त ढंगले खेल भइरहेको र अनुपयुक्त आकार लिइरहेको आरोप लगाएका छन्। उनको भनाइ छ, ‘उपयुक्त आकार लिने सम्भावना कम वा छैन भने त्यस्तो अवस्थामा संसदीय अंक गणित परिवर्तन गर्न ताजा जनादेशमा जानुपर्छ।’

कसैको स्वार्थ केन्द्रित र निर्देशित नभई देशको र विकासको आवश्यकता अहिले रहेको उनले बताए। त्यसैले संसद्‍मा त्यस्तो आवश्यकता निर्माण गर्नुपर्ने उनको दाबी छ। उनले थपे, ‘सरकार बनाउन, सविधान संशोधन गर्ने संसद्‍लाई देशको आवश्यकता अनुसारको अंक गणितीय बनावटमा लैजानुपर्छ। त्योअनुसार व्यवस्थापन गर्नुपर्छ। आवश्यकताभन्दा विपरीत अंक गणित बन्यो वा विभिन्‍न व्यक्तिको स्वार्थका खेलबाट गणित बदलियो भने ताजा जनादेशमा जानुपर्छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ