अमेरिकी संसद् भवन अगाडि आक्रमण, प्रहरीसहित दुईको ज्यान गयो

2021-04-03


काठमाडाैं - अमेरिकाको संसद् भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएकाे छ। घटनामा केही घाइते भएका छन्।

आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान गएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइएको छ। अहिले संसद् भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।आक्रमणपछिकाे प्रतिरक्षामा प्रहरी अधिकारीले पनि गोली चलाएका थिए। गोली लागेर कार चालकको ज्यान गएको खबरमा उल्लेख छ।

घाइतेहरुकाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे छ। बुधबार मात्रै लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएकाे आकरमणमा एक बालकसहित ४ जनाको मृत्यु भएको थियाे। घटनामा अन्य दुई जना घाइते भएका थिए।

गोलीबारी दुई साताभित्रै भएको देशकै चाैथाे घटना हो। गतसाता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थिए भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीनवटा मसाज पार्लरमा गोली हानेर ६ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ