ब्राजिलमा राजनीतिक संकट चुलियो, सेनाका प्रमुखले दिए राजीनामा

2021-03-31

काठमाडाैं - राष्ट्रपति जइर बोल्सोनारुकाे नीति र कदम विरुद्ध ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको भन्दै उनीहरुले त्यसकाे विरोधमा एकै पटक राजीनामा दिएको बताइएका छन्। सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका बोल्सोनारुमाथि थप संकट परेकाे छ।

कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ। चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारेन्टिनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्।

काेराेना भाइरसका बारेमा पनि उनले गलत टिप्पणी गर्दै आएका थिए। जनस्वास्थ्यसम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क थियाे।

कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर ‘हल्ला बन्द गर्न’ पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका थिए। जनताकाे स्वास्थ्यभन्दा अनावश्यक कुरा गरेकाे भन्दै उनकाे आलाेचना पछिल्लाे समय बढेकाे थियाे।

ब्राजिलमा संक्रमण बढ्नुकाे कारण उनीजस्ता जिम्मेवार व्यक्तिकाे गैरजिम्मेवार अभिव्यक्ति कारण भएकाे आराेप लाग्दै आएकाे छ।

ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छन् भने एक करोड २५ लाखमा सङ्क्रमित छन्।




थप समाचार


किर्गिस्तान र ताजिकिस्तान बिच पानीको विषयमा झडप, ३१ जनाको मृत्यु

किर्गिस्तान र ताजिकिस्तान बिच पानीको विषयमा झडप, ३१ जनाको मृत्यु

काठमाडौं - किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको ...

अमेरिकी संसद् भवन अगाडि आक्रमण, प्रहरीसहित दुईको ज्यान गयो

अमेरिकी संसद् भवन अगाडि आक्रमण, प्रहरीसहित दुईको ज्यान गयो

काठमाडाैं - अमेरिकाको संसद् भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएकाे छ। घटनामा केही घाइते भएका छन्। आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान ...

म्यानमारमा ज्यान गुमाउनेको संख्या ५००, सडकमा फोहोर फालेर आन्दोलन

म्यानमारमा ज्यान गुमाउनेको संख्या ५००, सडकमा फोहोर फालेर आन्दोलन

एजेन्सी - म्यानमारमा सैन्य कूविरुद्ध मानिसहरुको विरोध प्रदर्शन जारी छ । समाचार एजेन्सी रोयटर्सले एक संगठनलाई उद्धृत गर्दै १ फेब्रुअरीदेखि हालसम्म विरोध प्रदर्शनमा ज्यान गुमाउनेको ...




ट्रेन्डिङ