टंक आङ्बुहाङलाई माओवादी केन्द्रको २४ घण्टे स्पष्टीकरण

2021-03-30

काठमाडौं- माओवादी केन्द्रबाट एमाले प्रवेश गरी आर्थिक मामिलामन्त्री भएका टंक आङ्बुहाङलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ। मंगलबार माओवादी केन्द्र प्रदेश १ को संसदीय दलले उनलाई स्पष्टीकरण सोधेको हो।

'तपाईंले मिति २०७७ फागुन २८ गते निर्वाचित दलभन्दा अर्को दल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको हैसियतले सपथ ग्रहण गरेको भनी आमसञ्‍चारमा आएको सूचना, तपाईंले निर्वाचित दलको कुनै निर्णय र अनुमति बेगर अरु नै दलको मन्त्रिपरिषद्‌मा सहभागी भएको जस्ता गैरदलीय कार्य गर्नुभएकोले यो स्पष्टीकरण लेख्‍ने कार्य भएको छ,' प्रमुख सचेतक झलकबहादुर मगरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

आङ्बुहाङ केही दिनअघि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए। मुख्यमन्त्री शेरधन राईले उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्।

आङ्बुहाङ गत निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट ताप्लेजुङ १ (ख) बाट विजयी भएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ