थ्री नेसन्स कप : नेपाल र बंगलादेशबीचको खेल सुरु

2021-03-27

काठमाडौं - थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको हो।

नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कीर्गिस्तानको यु-२३ टिमसँग खेलेको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि मैदानमा उतारेका छन्।

कप्तान किरण चेम्जोङसँगै रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान, अन्जन विष्ट र अभिषेक रिजाल छन्।

नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्जोक राई र त्रिदेव गुरुङले डेब्यु गरेका छन्। यसअघि कीर्गिस्तानविरुद्ध नेपाली राष्ट्रिय जर्सीबाट खेलेपनि कीर्गिस्तानको यु-२३ टिम थियो। त्यसकारण सन्जोक र त्रिदेवको डेब्यु बंगलादेशविरुद्धको खेल हुन पुगेको हो। सन्जोक थ्रीस्टार क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्छन्। त्यस्तै, त्रिदेवले हिमालयन शेर्पाबाट खेल्छन्।

नेपालले यसअघि पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल र कीर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश भने एक खेल अघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ। नेपाल बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएमा पनि फाइनल पुग्ने सम्भावना रहन्छ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ