खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा दोस्रो डोज नपाउने चिन्ता

2021-03-25

एजेन्सी - भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसको निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ ।

संक्रमण बढेसँगै केही हप्ता भारतमा नै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रोक्न लागिएको भनिएको छ । यो कदमलाई अधिकारीहरुले ‘अस्थायी रोक’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ । यसले कोभ्याक्स योजनाबाट पाइने खोपमा पनि असर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश प्रभावित हुनेछन् ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्सिटिच्युट अफ इन्डियाले नेपालसहित बेलायत र ब्राजिलमा पनि खोपको आपूर्तिलाई ढिला गरिहेको छ । भारतले हालसम्म ७६ देशमा ६ करोड खोप निर्यात गरिसकेको छ ।

भारतको यो निर्णयसँगै नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ । जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ ।

सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डोज, नेपाल सरकार आँफैले किनेर १० लाख डोज र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज गरी कुल २३ लाख ४८ हजार डोज कोभ्याक्स खोप नेपालमा भित्रिएको थियो ।

१६ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसक्दा त्यसको दोस्रो डोज दिनका लागि १६लाखभन्दा बढी डोज खोप मौज्दातमै हुनुपर्छ । तर अहिलेको स्थिति त्यो छैन । बाँकी रहेको करिब ७ लाख डोज खापमध्ये पहिलो चरणमा लगाएका मानिसलाई दिन मात्रै पुुग्ने खोप बाँकी छ । बाँकी करिब १० लाख डोज खोपको कुनै ठेगान छैन ।

नेपाल सरकारले भारतको सिरम इन्स्टीच्युटसँग खरिद गर्नका लागि सम्झौता गरी ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १० लाख डोज भने समयमै उपलब्ध गराउन नसक्ने जवाफ दिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ