दम्पती बेपत्ता पारेको आरोपमा चार पक्राउ, 'जग्गा नबेच्दा' भएको आशंका

2021-03-22

महोत्तरी - सुतेको ओछ्यानसहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी महोत्तरीले पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी सुतेकै कोठाबाट ओछ्यानसहित गत फागुन १० गते राति बेपत्ता भएका थिए । बेपत्ता दम्पतीको अवस्था प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन । पक्राउ परेकाहरूले झा दम्पतीलाई मारेको वा बेपत्ता पारेको बारेमा प्रस्ट बयान नदिएकाले भारतलगायत नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘अपहरण, शरीर बन्धक तथा बेपत्ता पारिएको अभियोगमा चार जनालाई पक्राउ गरिएको हो,’ महोत्तरीका एसपी दिनेश आचार्यले भने, ‘बेपत्ता दम्पतीको खोजीसहित घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकामध्ये हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् । उनले सहोडवामा प्लटिङ गरेको १३ बिघा जग्गाको उत्तरतर्फ मुसाफिर झाको १४ कट्ठा जग्गा छ । आफ्नो प्लटिङमा बाटो बनाउन झालाई जग्गा बेच्न पटक–पटक जग्गा बेच्न दबाब दिँदै आएको खुलेको प्रहरीले जनाएको छ । झा जग्गा बेच्न तयार थिएनन् । ठाकुरले छिमेकी रामबाबु यादवमार्फत समेत झा दम्पतीलाई दबाब दिँदै आएका थिए । जग्गा कारोबारी ठाकुर फागुन १० गते प्लटिङ गरिएको जग्गामा उपस्थित भएको र दम्पती बेपत्ता भएको राति हरेन्द्र र रामबाबुबीच पटक–पटक अस्वाभाविक रूपमा संवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुरसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ