'हनी-ट्रयाप' शैलीमा फसाउँने गिरोह पक्राउ, पैसा नदिए बलात्कारको उजुरी दिने धम्की

2021-03-22

काठमाडौं - 'हनी-ट्रयाप' शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका-६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीया संगिता शाह, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घरभ ई गोंगबु नै बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल छन्।

यो समूहले कपन र ललितपुर इमाडोल बस्ने २ जना पुरूष व्यक्तिहरूलाई चाबहिल स्थित गेस्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसी अर्ध नग्न भिडियो बनाई बार्गेनिङ गर्ने गरेको अपराध महाशखाले जनाएको छ।

ती अर्धनग्न भिडियो पीडितलाई म्यासेन्जरमा पठाउने र रकम माग गर्ने गरेका थिए। यसरी उनीहरुले ८ लाख नगद र ५ लाखको चेक लिइसकेको अनुसन्धानबाट खुलेको छ।

रकम नदिए बलात्कारको उजुरी हाल्ने भन्दै उनीहरुले धम्क्याउने गरेको पीडितले बताउने गरेका छन्। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ