सात महिनामा ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

2021-03-16

काठमाडौँ - चालु आर्थिक वर्षको सात महिनामा देशमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको प्रतिवेदनले रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएको देखाएको हो । जबकी गत वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । यस्तै सात महिनामा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।




थप समाचार


देशको चालु खाता एक खर्ब एक अर्ब ९० करोड घाटामा

देशको चालु खाता एक खर्ब एक अर्ब ९० करोड घाटामा

काठमाडौं - मुलुकको चालु खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६ अर्बले घाटामा ...

मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल, निर्माण सामग्रीमा ६.२५ ले मूल्यवृद्धि

मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल, निर्माण सामग्रीमा ६.२५ ले मूल्यवृद्धि

काठमाडौं - चालु आर्थिक वर्षको सातौँ महिना (माघ)मा आइपुग्दा मूल्यवृद्धि तीन प्रतिशतभन्दा कममा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि २.७० ...

महामारीमा बैंकहरुले ऋणीलाई दिए १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट

महामारीमा बैंकहरुले ऋणीलाई दिए १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट

कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन ...




ट्रेन्डिङ