ओलीले हटाए महासचिवबाहेकका सबै पदाधिकारी, बादल समूहका २३ जना केन्द्रीय सदस्य

2021-03-12

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी भंग गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी भंग गर्ने निर्णय गरेको हो।

पदाधिकारीमा ओली पक्ष कमजोर थियो। एमालेको नवौं महाधिवेशनमाबाट वामदेव गौतम, भीम रावल, विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्ष निर्वाचिन भएका थिए। यसमध्ये भण्डारी राष्ट्रपति नियुक्त भइसकेकी छन् भने गौतम एमालेमा दुवै पक्षमा खुलेका थिएनन्। बाँकी उपाध्यक्षहरु माधवकुमार नेपाल पक्षका हुन्।

यस्तै, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल थिए। सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई थिए। यसमध्ये महासचिव पोखरेल, उपमहासचिव पौडेल, सचिव ज्ञवाली र गुरुङबाहेक सबै नेपाल पक्षका हुन्।

ओली पक्षको शुक्रबारको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ जना पूर्वमाओवादी नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरेको छ। एमालेको प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

बालुवाटारमा बसेको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाललगायतका यो समूहका नेताहरूको भने उपस्थिति थिएन। फागुन २३ मा सर्वोच अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक भएको निर्णय गरिदिएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ