ओलीले खोसे माधव-झलनाथ पक्षका नेताहरुको जिम्मेवारी, कसको ठाउँमा को आयो ?

2021-03-12

काठमाडौं - नेकपा एमालेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको छ। पदाधिकारी भंग गरेर उनीहरुलाई हटाइएको हाे।

प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट भने नेपाल-खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ। अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उनीहरुलाई जिम्मेवारी दिइएको हो।

प्रदेश १ का एमाले इन्चार्ज भीम आचार्यको जिम्मेवारी खोसेर सुवास नेम्वाङलाई इन्चार्ज बनाइएको छ। यसैगरी बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको हो।

यसैगरी कर्णालीमा युवराज ज्ञवालीको ठाउँमा पूर्व माओवादीकै मणि थापा र सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ।

प्रचार विभाग प्रमुखबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ। विदेश विभाग प्रमुखको जिम्मेवारी माधव नेपालबाट खोसेर राजन भट्टराईलाई दिएको छ।

यसैगरी एमालेको नवौं महाधिवेशनमाबाट उपाध्यक्षमा निर्वाचित वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली पदाधिकारी भंग भएसँगै जिम्मेवारीमुक्त भएका छन्।

ओलीसँगै रहेका महासचिव ईश्वर पोखरेल कायम छन्। यसैगरि उपमहासचिवमा विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई निर्वाचित भएका थिए। पदाधिकारीमा नेपाल-खनाल पक्षको बहुमत थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ