एमाले-माओवादीलाई आयोगले भन्यो : 'पार्टी एकता गर्न १५ दिनभित्र आउनू'

2021-03-09

काठमाडाैं - सर्वोच्च अदालतको फैसलापछि बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा मर्ज हुने हो भने १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएकाे छ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेकाले दुई दललाई पुनः एकीकरण गर्ने भए केन्द्रीय कमिटीको निर्णयसहित आउन भनेको हो। सर्वोच्चले एकीकरण गर्ने भएमा आयोगले निश्चित समय तोकेर बोलाउन परमादेशको आदेश जारी गरेको थियो।

‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएको छ,’ आयोगको निर्णयमा भनिएको छ, ‘अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित जानकारी गराउने।’

सर्वोच्चले २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) दर्ता हुने आयोगको निर्णय बदर गर्दै २०७० सालदेखि दर्ता रहेको ऋषिराम कट्टेलको पार्टको नाम नेकपा हुने फैसला सुनाएको थियो। यो फैसलापछि बसेको आयोगको बैठकले नयाँ एकीकृत दल बन्न चाहेमा नयाँ प्रक्रियाको थालनी गरेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ