यी हुन् प्रचण्ड-माधव पक्षमा खुलेका नेकपाका १११ सांसद्

2021-03-06

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको संसदीय दलले शुक्रबार प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दाहाललाई दलको नेता चयन गरिएको हो।

प्रचण्ड-नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित थिए। उक्त समूहमा खुलेका तर, उपस्थित हुन नसकेका ६ गरी १११ सांसदको समर्थन प्रचण्डलाई छ।

नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने पम्फा भूसालले समर्थन गरेकी थिइन्। प्रतिनिधि सभामा नेकपाका एक सय ७४ जना सांसद छन्। तीमध्ये सानु शिवाको केही समयअघि मृत्यु भइसकेको छ भने अग्नि सापकोटा सभामुख छन्।

मतदान गर्न मिल्ने एक सय ७२ सांसदमा लालबाबु पण्डित र तुलसा थापा कतै खुलेका छैनन्। जम्मा १७० मध्ये ८७ प्रतिनिधि सभा सदस्य प्रचण्ड-नेपाल पक्षमा छन्।

राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले मतदान गर्न पाउँदैनन्। बाँकी ४९ जनामध्ये प्रचण्ड-नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ नै देखिएका छन्। वामदेव गौतम कतै खुलेका छैनन्।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ