विप्लवको टिप्पणी : नेपाली जनताको चाहना पूरा भएको छैन

2021-03-05

काठमाडाैं - भूमिगत जीवनबाट भर्खर सार्वजनिक भएका नेत्रविक्रम चन्द 'विप्लव'ले नेपाली जनताको चाहना पूरा नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आज नेपालका परिर्वतनकारी सहिदहरुको सम्झनामा मनाउने दिन परेको भन्दै उनले आफू सहिदहरुको सपना पूरा गर्न लागि पर्ने बताए।

उनले काठमाडौंमा सार्वजनिक हुनुअघि गाउँबाट आउँदाको घटना जोड्दै मजदुर र श्रमिकहरुको हितमा लाग्ने बताए। 'हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनु भयो र भन्नु भयो-आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहाना पूरा भइसकेको छैन’, उनले भने ‘नेपालका जनताको चाहाना पूरा भएको छैन। दु:ख गरि खाने नेपालीहरुको चाहाना पूरा भएको छैन। यो सम्झेर हस्ताक्षर गर्नु होला भन्नु भएको थियो। मृत्युको नजिक नपुगेर फर्केको नेतापनि छैन। कठिन अवस्था भोगेर आएका नेताहरु छन्।’

उनले वेपत्ता, घाइते र सबै योद्धाको चाहाना पूरा गर्ने प्रतिबद्धता पनि जनाए। ‘शान्तिप्रति हाम्रो प्रतिबद्धता छ। त्यो लिएर म यहाँ आएको छु। वेपत्ता, घाइतेहरुको र सबै योद्धाहरुको चाहनालाई पूरा गर्नुपर्दछ भन्ने सोच्दछु’, उनले भने। डेढ सय भन्दा धेरै नेताहरु जेलमा रहेको भन्दै उनले सबै छुट्ने र मुक्त आकाशमा आउने बताए।

उनले चा थरि मानिस देखिएको भन्दै शोषक, श्रमिक, अलि अलि बोल्ने र कम्युनिस्ट अन्यायविरुद्ध आवाज उठाउने मानिसहरु रहेको उनले बताए। ‘देशमाथि अतिक्रमण भएको देखेमा विद्रोह गर्छौै’ उनले भने ‘कम्युनिस्टहरु भनेका शान्तिका दूत पनि हुन्। विद्रोहका प्रतिक मात्र होइनन्।’

‘तीन बुँदे सहमितमा प्रतिबद्ध छ। यसलाई हामी पालना गर्छौं आशंका वा उत्तेजनात्मक वा कुतर्क गर्न जरुरी छैन’ , उनले थपे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ