पूर्वी नवलपरासीबाट सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

2021-03-05

काठमाडाैं - सरकारी पक्षसँग वार्ता सफल भएपछि नेत्र विक्रम चन्द ‘विप्लव’ पूर्वी नवलपरासीको अमरापुरीबाट सार्वजनिक भएका छन्। वार्ता सहमतिमा पुगेर काठमाडाैंमा स‌युंक्त सभा गर्ने सहमति भएसँगै नेकपाका महासचिव ‘विप्लव’को पहिलो तस्बिर सार्वजनिक समेत भएको छ ।

सरकारले प्रतिबन्ध लगाएसँगै उनले भूमिगत भएर आफ्ना गतिविधि गरिरहेका थिए । करिब तीन वर्ष भूमिगत भएका विप्लव आम जनताका बिच आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् ।

महासचिव ‘विप्लव’ नवलपरासीमा सहिद परिवार भेट गरी काठमाडौका लागि प्रस्थान गरेका छन् । सरकार र ‘विप्लव’ पक्षवीच बिहीबार तीन बुँदे सहमति भएको थिए। जसअनुसार शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्दै छन्। 

गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन्।

‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएपछि प्रतिबन्ध फुकुवा, मुद्धा खारेजी र सम्पूर्ण नेता कार्यकर्ता रिहाइ गरिने भएकाे छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ