ओली र ‘विप्लव’ले संयुक्त सम्बोधन गर्दै, गोप्य सहमति सार्वजनिक हुने

2021-03-05

काठमाडौं- सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार भएको तीन बुँदे सहमति शुक्रबार सार्वजनिक हुने भएको छ। दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

तीन बुँदे सहमतिलाई हालसम्म गोप्य राखिएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको थियो। फागुन १८ गते सरकार र ‘विप्लव’ पक्षले वार्ता टोली घोषणा गरेका थिए।

सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा थिए। त्यस्तै, विप्लव पक्षबाट सो पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ वार्ता टोलीमा थिए।

दुवै टोलीबीच १९ गते दुई चरणमा र २० गते वार्ता भएको थियो। २० गते बिहानको वार्तामा तीन बुँदे सहमति भएको थियो। सहमतिपछि जारी प्रेस नोटमा बादल र प्रकाण्डले हस्ताक्षर गरेका थिए। ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरु रहेका छन्’, प्रेस नोटमा भनिएको छ। सोही नोटमा सहमतिको विस्तृत विवरण फागुन २१ गते (आज) विशेष समारोहबीच सार्वजनिक गरिने र समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने उल्लेख छ।

२०७१ मंसिरमा मोहन वैद्य किरण नेतृत्वको पार्टीबाट अलग भएर बेग्लै पार्टी घोषणा गरी गतिविधि गर्दै आएको ‘विप्लव’ नेतृत्वको नेकपालाई २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गतिविधिमा प्रतिबन्द लगाइदिएको थियो। त्यसयता सो पार्टी भूमिगत रुपमा सक्रिय थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ