2021-03-04 |
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–माधव पक्षले सांसदहरुलाई बिहीबार दिउँसो १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको सो पक्षका सांसद मेटमणि चौधरीले जानकारी दिए। हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको चौधरीले बताए।
यसैबीच, प्रचण्ड–माधव समूहबाट ओली समूहतर्फ गएका भनिएका सांसद गंगा चौधरी आफ्नै समूहमा रहेको पनि मेटमणिले बताए। साथै, समूह परिवर्तन गरेका भनिएका मुगुका सांसद गोपाल वमले आफू नेकपाको प्रचण्ड–माधव समूहमै रहेको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको बताएका हुन्।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...