सरकार र ‘विप्लव’ समूहबीच पहिलो चरणको वार्ता सकियो

2021-03-03

काठमाडौं - सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको वार्ता सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी पक्षकाे भनाइ छ।

दुबै पक्षका वार्ता टोलीबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको हो। केही तयारी तथा आन्तरिक परामर्शपछि पुनः बस्ने गरी आजको वार्ता टुंगिएको छ।

दुबै टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा सरकारी वार्ता टाेलीका सदस्य राजन भट्टराईले बताए। वार्ता सकारात्मक दिशाउन्मुख रहेको उनकाे भनाइ छ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड’ नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ