विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादल नेतृत्वको टोली, विप्लव पनि बनाउने तयारीमा

2021-03-02

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली बनाएको छ। गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।

वार्ताका लागि सरकारले आजै टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए। उता पनि वार्ता टोलि गठन भएपछि 'हतियार व्यवस्थापन र मुद्दा फिर्ताकाे विषयमा वार्ताबाटै टुंगाे लगाइनेछ', सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले भने।

सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले बतायो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ