सचेतकबाट हटाइनु ओलीले नैतिक धरातल गुमाएपछिको कदम हो : देव गुरुङ

2021-02-26

काठमाडाैं - नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट हटाइएकोमा नेता देव गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।

राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम गरेको गुरुङको टिप्पणी छ। ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको गुरुङले बताए।

एकातिर संसद सिध्याउने अनि फेरि संसदको बारेमा चिन्ता लिने कुरा नमिल्ने गुरुङको भनाइ छ। ओलीले सर्वोच्चले गरेको फैसलापछि आत्मसमीक्षा गरेर अदालतको फैसला स्वीकार गरेँ भन्नुपर्ने र राजीनामा दिनुपर्ने गुरुङले बताए। ओलीको राजीनामापछि मात्र पार्टीमा छलफल हुने उनले बताए।

‘नैतिक धरातल गुमाएको मान्छेले हटाउने र राख्ने कार्य गर्न मिल्दैन’, गुरुङले भने ‘मनपरि ढङ्गले आफ्नो काम गर्ने कार्य सर्वोच्च र संविधानको मूल्य मान्यताको अवज्ञा हो।’

ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वाेच्च अदालतले पुन:स्थापना गरेकाले उनमा यस्तो अधिकार नरहेको गुरुङको टिप्पणी छ। ओलीले पहिले सर्वोच्चको फैसला स्वीकार गरेमात्र अरु गर्न पाउने गुरुङको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ