विद्यार्थीको प्रदर्शन, महिला संवेदनशीलतामा सरकार उदासिन रहेको आरोप

2021-02-14

देउखुरी समाचारदाता
देउखुरी, फागुन । देशभर महिला हिंसाको घटना बढेको भन्दै विद्यार्थीले प्रदर्शन थालेका छन् । पटक पटक बाबालिका तथा किशोरीहरु बलत्कृत हुने गरेको र दोषिले उन्मुक्ती पाइरहेको भन्दैले सडक तताएका हुन । आइतबार देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले निर्मैला पन्त, भगरथी भट्ट लगायत देशभर बलत्कार पछि हत्या गरिएका र हिंसामा परेका महिलाहरु लाई न्याय दिलाउन माग गर्दै विद्यार्थीहरुले नाराजुलस सहित ¥याली गरेका हुन ।

No description available.

भगरथी लाई न्याय दे, बलत्कारीलाई फाँसी दे,नालायक सरकार मुर्दावाद ,नारी सुरक्षा कायम गर लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीले देउखुरी बहुमुखी क्याम्पसबाट ¥याली शुरु गरी लमही बजारको परीक्रमा पश्चात कोणसभा गरेका हुन । कोणसभालाई शम्बोधन गर्ने विद्यार्थी नेताहरुले सरकारको असक्षमताका कारण महिला हिंसाका घटना बढेको भन्दै जतीसक्दो छिटो बलत्कारीलाई नियन्त्रणमा लिइ कडा कारवाही गर्न माग गरेका थिए ।

यस्तै विद्यार्थीहरुले महिला संवेदनसिलतामा सरकार उदासिन भएको, सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको, बलत्कारीलाई लाई नियन्त्रणमा लिन नसकेर सरकारको असफलता पुष्ट्रि भएको आरोप लगाएका थिए । कोणसभामा अनेरास्वीयूका कल्याण अधिकारी, नेपाल विद्यार्थी संघका सुमन कालाथोकी,अनेरास्वयिुका भरत भुसाल, मिना पोख्रेल, दिपेन्द्र पुलामी लगायतले शम्बोधन गर्नुभएको थियो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ