बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश

2021-02-10

काठमाडौं- बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने काममा मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल फाल्गुनमा म्याद तामेली भएपनि आज मात्रै अदालत उपस्थित भएका थिए ।

ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा विचौलियको भूमिका निभाएका थिए। सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो।

ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए। ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेका थिए। ढकालले उक्त जग्गा राखेर आइएमइ इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थिए ।

त्यस्तै, सन्दिप ढकालको नामबाट यति विकास बैंबाट ४९ लाख रूपैया ऋण लिएका थिए। अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमासँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार विगो दाबी गरेको छ।

हालसम्म विशेषमा ६३ जना प्रतिवादी हाजिर भएका छन्। ४७ जना आरोपितहरू उपस्थित हुन बाँकी रहेका छन्। अदालत उपस्थित भएका मुख्य प्रतिवादी अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात पछि उनी नै हुन्।

मुद्दा दायर भएकामध्ये भिआइपी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको म्याद तामेल भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यीमध्ये पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो।

उक्त प्रकरणका अर्का मुख्य प्रतिवादी भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङ पनि अदालत उपस्थित भएर छुटेका छन्। उनलाई विशेषले २ करोड रूपैयाँ धरौटी माग गरेको थियो। उनी उक्त रकम बराबर बैंक ग्यारेन्टी राखेर माघ २१ गते छुटेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ